नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
काठमाडौँ — नेपालले क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । क्यानडा र नेपाल तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा प्रतिस्पर्धा गरिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालबाट देब्रेहाते स्पिनर सूर्य तामाङ र देब्रेहाते मध्यमगतिका बलर रिजन ढकालले डेब्यु गरिरहेका छन् । शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूर्य ३० विकेट लिँदैउत्कृष्ट बलर र प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
रिजनले प्रधानमन्त्री कपमा १५ विकेट लिएका थिए । सूर्य र रिजन नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रमशः ३८ र ३९ औं खेलाडी हुन् ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल रहेका छन् ।
नेपालबाट पवन सर्राफले पुनरागमन गरिरहेका छन् । उनले २०२२ को जुलाई यता पहिलो खेल खेलिरहेका छन् । नेपालले हेमन्त धामी, आकाश चन्द, देव खनाल र अनिल शाहलाई प्लेइङ ११ बाहिर राखेको छ ।
अर्को: रोजगारी खोज्ने शिक्षा होइन, रोजगारी प्रदान गर्ने शिक्षा दिइनेछ : प्रधानमन्त्री ओली
सम्बन्धित पढाइ
- रोजगारी खोज्ने शिक्षा होइन, रोजगारी प्रदान गर्ने शिक्षा दिइनेछ : प्रधानमन्त्री ओली
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
- नेपाललाई पाँचौं सफलता
- एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत
- वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- ‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
- रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
- यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
- कुलपति ओलीले गरे त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत