भक्तपुरका ‘मछलीवाला’
भारत विहारका ६० वर्षीय सुदर्शन मुखिया नेपाल आउँदा २० वर्षका थिए। गुजाराका लागि ससाना काम गर्दै आएका मुखियाले ३५ वर्षदेखि भने सांस्कृतिक नगरी भक्तपुरमा सिद्राको व्यापार गर्दै आएका छन्।
भक्तपुरमा ‘मछलीवाला’ नामले समेत चिनिने सुदर्शन यही नाम आफूलाई प्यारो लागेको सुनाउँछन्। ‘मलाई त सबैले मछलीवाला भन्छन्,’ सुदर्शनले सुनाए, ‘यही नामले बोलाउँदा मलाई रमाइलो लाग्छ।’
भक्तपुरका चोक र डबलीमा माछा बोकेर हिँड्ने उनी गल्लीमा गीत गुनगुनाउँदै अगाडि बढ्छन्। नगरका चोकहरूमा जब उनको गानाको धुन सुनिन्छ तब सर्वसाधारण मछलीवाला आएको पत्तो पाउँछन्। ‘मेरो गीत नै मेरो पहिचान जस्तै भइसक्यो,’ मछलीवाला भन्छन्, ‘गीतले मेरो व्यापार पनि बढाएको छ।
हिन्दी, नेपाली र भोजपुरी गाना गुनगुनाउने उनी नेवारी गाना भने निकै मुस्किल रहने सुनाउँछन्। लामो समय भक्तपुरमा बस्दा नेवारी भाषा बुझे पनि पूरै फर्काउन अझै नआएको उनी बताउँछ्। ‘यहाँको कला–संस्कृति धेरै बुझेको छु,’ उनले भने, ‘भाषाचाहिं थोरै मात्र सिक्न सके।’
भक्तपुरमा महिनैपिच्छे जात्रा आउने उनले सुनाउँछन्। ‘यहाँ जन्मदेखि मृत्युसम्मका हरेक सस्ंकारमा माछाको आवश्यक पर्छ,’ उनले भने, ‘त्यसैले लामो समयसम्म यही शहरमा टिकेको छु।’ यहाँको सस्कृितसँग उनी निकै घुलमिल भएका छन्। कतिपय चाडपर्वमा उनलाई पनि निम्ता आउँछ तर आफ्नै कामले सहभागी भने हुन नसकेको उनी बताउँछ्न्।
कुराकानीका क्रममा उनले भूकम्पको रमाइलो किस्सा पनि सुनाए। २०७२ सालको भूकम्पमा बाँचेका उनी लगत्तै भारत पुगेको बताए। ‘लामो समयसम्म भारतमा बेखबर रहँदा यहाँ म मरेको हल्ला चलेछ,’ उनले हाँस्दै भने, ‘म फर्कदा त पैसा हातमा दिएर मेरो अनुहार हेर्नेको भीड नै लाग्यो।’

भक्तपुरवासीले आफ्नो जीवनप्रति देखाएको यो माया आफूले कहिल्यै भुल्न नसक्ने उनले बताए।
माछा भक्तपुरवासीको संस्कृतिको एक अंग रहेको संस्कृतविद् ओम घौभडेल सुनाउँछन्। ‘जन्मदेखि मृत्युसम्मका हरेक संस्कारमा सुकेका माछा अनिवार्य हुन्छ,’ उनले भने, ‘त्यसैले हरेक घरमा माछाको आवश्यकता पर्छ।’
संस्कृतिसँग जोडिएको सामग्री घरघरमै पुर्याउने भएकाले मछलीवाला संस्कृतिको सम्वाहक जस्तै रहेको उनले सुनाए। ‘सस्कृितसँग उनी पनि जोडिएका छन्,’ धौभडेलले सुनाए, ‘त्यसैले उनी नगरवासीको प्यारो भएका छन्।’
अर्को: आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना
सम्बन्धित पढाइ
- सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन
- मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
- ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु
- भक्तपुरका ‘मछलीवाला’
- २ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग
- आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना
- सगरमाथा आरोहणका लागि 'रोप फिक्सिङ'को काम सकियो
- अन्नपूर्ण पदमार्गमा पर्यटक बढे
- नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता
- भक्तपुर नगरमा नवदुर्गा देवगणको ङालाकेगु जात्रा सुरु