विराटनगर : सीमा नाकामा आवतजावत गर्नेलाई अनिवार्य खोपकार्ड

तारा आचार्य,
विराटनगर । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भारतसँग सिमाना जोडिएका नाकाहरुमा खोप कार्ड अनिवार्य गरिएको छ ।
विराटनगरस्थित जोगवनी नाकामा आवत–जावत गर्नेहरुलाई खोपकार्ड अनिवार्य गरेपछि नाकामा हुने भीडभाड कम भएको छ । गत पुस १४ गतेदेखि नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ हुनेको संख्यामा बृद्धि भएको सीमा नाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
भारतको लामो बसाईपछि नेपाल आउनेहरुलाई एन्टिजेन परीक्षण गर्ने गरेको र आज मात्र १ सय १३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना भारतीयमा कोरोना देखिएको छ । कोरोना देखिएपछि उनीहरुलाई भारततर्फ पठाइएको हेल्थ डेस्का सहायम प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।
भारतको जोगबनी बजार जानेहरुका लागि पनि खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने वा पीसीआर गरेको २४ घण्टाको रिपोर्ट अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।
उनले मास्क अनिवार्य लगाउनुपर्ने र भीडभाड कम गर्न सर्बसाधारणमा आग्रह समेत गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाड कम गर्नको लागि दैनिक सेवा प्रवाहलाई आलोपालो प्रणलीबाट प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।
अर्को: भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
सम्बन्धित पढाइ
- नेपाललाई पाँचौं सफलता
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
- कुलपति ओलीले गरे त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
- १४३ वर्ष पुरानो क्लबमा आगलागी
- भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार