सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

५ माघ, काठमाडौं । कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले भने, ‘अर्थ मन्त्रालयको जोड कोभिड-१९बाट बच्दै अर्थतन्त्र चलायमान बनिरहनु पर्छ भन्ने नै हो, यसबारे आज हामीले निजी क्षेत्रलाई आफ्नो धारणा जानकारी गरायौं ।’
बैठकमा निजी क्षेत्रको विभिन्न पेश व्यवसायमा प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिलाई बोलाएर समस्याबारे टिपोट गर्ने काम भएको छ । यसले तत्काल रहेका समस्या समाधान गर्न र आगामी दिनमा चाल्नु पर्ने कदमबारे समेत सरकारलाई अपडेट प्राप्त भएको शाक्यले बताए ।
बैंक, बीमा, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, होटेलसहित अर्थतन्त्रका विभिन्न अवयवमा सरोकार राख्ने निजी क्षेत्रका प्रतिनिधि डाकेर अर्थले छलफल गरेको हो ।
छलफलमा कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने निष्कर्ष निकालिएको छ । यस क्रममा कोभिड १९ को नयाँ भेरियन्टबाट बच्न मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने निष्कर्षमा समेत छलफल भएको छ ।
अर्को: भरतपुर विमानस्थलबाट चाँदीका विभिन्न गरगहनासहित दुई पक्राउ
सम्बन्धित पढाइ
- भक्तपुरका ‘मछलीवाला’
- कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य मापदण्ड शून्य
- सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन
- ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु
- अन्नपूर्ण पदमार्गमा पर्यटक बढे
- शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो
- २ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग
- आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना
- मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
- भरतपुर विमानस्थलबाट चाँदीका विभिन्न गरगहनासहित दुई पक्राउ