भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जवकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो ।
अर्को: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
सम्बन्धित पढाइ
- कुटपिट गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
- राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही
- यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
- अमेरिकाको रासायनिक कारखानामा आगलागी
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै