पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:3614514837Nepal International NewNewsCenter
६ फागुन, वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।
उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार हुलाकी सडक अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएको थियो ।
अघिल्लो:मतपत्र र मतपेटिकासहितको विद्युतीय मेसिन प्रयोग गर्न विज्ञको सुझाव
अर्को: रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
अर्को: रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
सम्बन्धित पढाइ
- भविष्यको लागि एकजुट: माना ग्लोबल एलएलसी को डबईमा वैश्विक उद्यमहरुलाई सशक्त बनाउनको लागि औपचारिक रुपम
- ‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
- अमेरिकाको रासायनिक कारखानामा आगलागी
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
- कुटपिट गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ