दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
६ फागुन, काठमाडौं । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।
शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।
दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको उनले बताए । अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।
गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो । जस अनुसार कलाकारको टोलीमा पनि कलाकारका सञ्चालक लगायत केही व्यक्ति मात्रै जान पाउने व्यवस्था छ । तर उक्त व्यवस्था विपरीत ठूलो संख्यामा कलाकारहरू जाने तयारी गरेकाले मापदण्ड विपरीत जान लागेका कलाकारलाई फर्काइएको उपाध्यायले बताए । उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए ।
यस्तो छ गृह मन्त्रालयले माघ ९ मा जारी गरेको सूचना

अर्को: ‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
सम्बन्धित पढाइ
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
- मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
- सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
- रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
- नेपाललाई पाँचौं सफलता