कुटपिट गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ
६ फागुन, जुम्ला । कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नवजङ्ग रोकाया, २४ वर्षीय बखत रोकाया र २४ वर्षीय ईश्वर पछाई रहेका छन् ।
सामान्य बादबिबादमा उनीहरूसमेत ४ जनाले बिहीबार साँझ कुटपिट गर्दा घाइते भएका वडलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोठिच्युलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २१ को कुरम रोकायको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अर्को: वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा
सम्बन्धित पढाइ
- सरकारले भावुक विद्यालय शिक्षकहरूलाई वार्ताको लागि आमन्त्रित गर्यो
- कुटपिट गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही
- मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- भविष्यको लागि एकजुट: माना ग्लोबल एलएलसी को डबईमा वैश्विक उद्यमहरुलाई सशक्त बनाउनको लागि औपचारिक रुपम
- माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्यो
- प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर