वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा
६ फागुन, काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एवं अभिनेत्री एन्जेलिना जोलीविरुद्ध मुद्दा हालेका छन् । जोलीले संयुक्त लगानी रहेको एक वाइन व्यवसायको शेयर रुसी व्यापारी युरी शेफ्लरलाई बेचेपछि ब्राड पिटले मुद्दा हालेका हुन् ।
पिटले शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको मेट्रो डटकमले जनाएको हो । जोली र पिटले सन् २००८ मा फान्सको कोरेन्सस्थित साटो मिराभल नामक वाइनरी (अंगुर बगैंचासहितको वाइन बनाउने कारखाना) मिलेर खरिद गरेका थिए । तर जोलीले उक्त वाइनरीमा रहेको आफ्नो शेयर शेफ्लरले सञ्चालन गर्दै आएको स्टोली ग्रुपलाई बेचेकी छन् ।
पिटले अदालतमा पेश गरेको कागजातमा वाइनरीको प्रगतिमा जोलीको भन्दा आफ्नो बढी मेहनत रहेको उल्लेख छ । त्यस्तै, दोस्रो पक्षको मञ्जुरीबिना व्यवसायमा भएको लगानी अरुलाई बेच्न नपाउने गरी सहमति गरेको, तर जोलीले उक्त सहमति लत्याएको पनि पिटको भनाइ छ ।
जोली र पिटले सन् २०१४ मा विवाह गरेका थिए । तर विवाह गरेको दुई वर्षभित्रै दुवै जना एक्ला-एक्लै बस्दै आएका थिए । सन् २०१९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो । दुवै जना सन् २०१६ देखि नै विभिन्न कानुनी लडाइँमा फस्न पुगेका छन् ।
अर्को: प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर
सम्बन्धित पढाइ
- प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर
- Iran defies Western powers with enriched uranium conversions
- कुलपति ओलीले गरे त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
- यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
- इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’