प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर
६ फागुन, जनकपुरधाम। संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्धा दायर गरिएको बताए ।
संघीय सरकारसँग प्रहरी समायोजनका लागि पटक-पटक आग्रह गर्दा पनि समायोजन गर्नका लागि चासो नदेखाएकाले बाध्य भएर कानूनी उपचारका लागि जानु परेको उनले बताए । मन्त्री साहले बुधवार सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश समेतको मुद्धा दायर गरेको उनले बताए ।

उनले भने, ‘ हामीले उहाँहरुलाई प्रहरी समायोजन लगायतका कुरा सम्पन्न गर्नका निम्ति बारम्बार आग्रह गर्दापनि उहाँहरुको समयोजन गर्नेतिर कुनै सुरसार नदेखेकाले हाम्रो संविधानले दिएको प्रदेश सूचीको पहिलो नम्बरमा रहेको शान्ति सुरक्षा सम्बन्धी अधिकारलाई हामीले पाउनुपर्छ भन्ने कोणबाट र गृह मन्त्रालयले प्रदेश सरकारका कार्यक्षेत्र भित्र रहेका अधिकारलाई वञ्चित गर्दै धमाधम प्रहरी भर्ना गर्दैछ, त्यसलाई रोक्नका निमित्त हामीसँग अरु कुनै बाटो रहेन, त्यसकारण हामीले सर्वोच्च अदालतलाई डाकेका छौँ । र हामी सर्वोच्च अदालतमा ४ गते उत्प्रेषणयुक्त परमादेश समेतको मुद्दा दायर गरेका छौँ ।’
सर्वोच्च अदालतले सो मुद्धाको पेशी फागुन १० गतेका लागि तोकेको मन्त्री साहले जानकारी दिए । उनले अदालतले संविधानको पालना गर्न र चोर बाटोबाट गर्न लागिएको प्रहरी भर्नालाई रोक्नेमा विश्वास व्यक्त गरे ।
अर्को: माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्यो
सम्बन्धित पढाइ
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
- Iran defies Western powers with enriched uranium conversions
- सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
- नेपाललाई पाँचौं सफलता
- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु