एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
६ फागुन, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् ।
संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु ।’ एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।
कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।
सम्बन्धित पढाइ
- रोजगारी खोज्ने शिक्षा होइन, रोजगारी प्रदान गर्ने शिक्षा दिइनेछ : प्रधानमन्त्री ओली
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
- Iran defies Western powers with enriched uranium conversions
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- कुलपति ओलीले गरे त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
- पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
- अमेरिकाको रासायनिक कारखानामा आगलागी