> />
तपाईं यहाँ हुनुहुन्छ: गृहपृष्ठ

नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै

समाचार केन्द्र

काठमाडौँ — नेपालले क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । क्यानडा र नेपाल तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा प्रतिस्पर्धा गरिरहेका छन् ।

image.png



त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालबाट देब्रेहाते स्पिनर सूर्य तामाङ र देब्रेहाते मध्यमगतिका बलर रिजन ढकालले डेब्यु गरिरहेका छन् । शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूर्य ३० विकेट लिँदैउत्कृष्ट बलर र प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।

रिजनले प्रधानमन्त्री कपमा १५ विकेट लिएका थिए । सूर्य र रिजन नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रमशः ३८ र ३९ औं खेलाडी हुन् ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल रहेका छन् ।


नेपालबाट पवन सर्राफले पुनरागमन गरिरहेका छन् । उनले २०२२ को जुलाई यता पहिलो खेल खेलिरहेका छन् । नेपालले हेमन्त धामी, आकाश चन्द, देव खनाल र अनिल शाहलाई प्लेइङ ११ बाहिर राखेको छ ।