विराटनगर : सीमा नाकामा आवतजावत गर्नेलाई अनिवार्य खोपकार्ड

अन्तर्राष्ट्रिय समाचार 2022-01-19 21:12:4114255नेपाल इन्टरनेशनल न्यूज नेटवर्कसमाचार केन्द्र
  • तारा आचार्य,

विराटनगर । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भारतसँग सिमाना जोडिएका नाकाहरुमा खोप कार्ड अनिवार्य गरिएको छ ।

विराटनगरस्थित जोगवनी नाकामा आवत–जावत गर्नेहरुलाई खोपकार्ड अनिवार्य गरेपछि नाकामा हुने भीडभाड कम भएको छ । गत पुस १४ गतेदेखि नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ हुनेको संख्यामा बृद्धि भएको सीमा नाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भारतको लामो बसाईपछि नेपाल आउनेहरुलाई एन्टिजेन परीक्षण गर्ने गरेको र आज मात्र १ सय १३ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना भारतीयमा कोरोना देखिएको छ । कोरोना देखिएपछि उनीहरुलाई भारततर्फ पठाइएको हेल्थ डेस्का सहायम प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

भारतको जोगबनी बजार जानेहरुका लागि पनि खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने वा पीसीआर गरेको २४ घण्टाको रिपोर्ट अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

उनले मास्क अनिवार्य लगाउनुपर्ने र भीडभाड कम गर्न सर्बसाधारणमा आग्रह समेत गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाड कम गर्नको लागि दैनिक सेवा प्रवाहलाई आलोपालो प्रणलीबाट प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट