उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

अन्तर्राष्ट्रिय समाचार 2022-01-17 22:24:5114227अन्तर्राष्ट्रिय समाचारसमाचार केन्द्र

सिओल । उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो।

उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ ।

राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् ।

सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार छ ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट