थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
६ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ भने ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४ जना कोरोना संक्रमित थपिएका छन् ।
अर्को: यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
सम्बन्धित पढाइ
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- अमेरिकाको रासायनिक कारखानामा आगलागी
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- विराटनगर : सीमा नाकामा आवतजावत गर्नेलाई अनिवार्य खोपकार्ड
- ‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ