विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1613816Nepal International NewNewsCenter

६ फागुन, काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप ग्लाेबल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपालले दिएकाे ११८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंककाे स्काेर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९-९, खवार अलीले ७ रन मात्र बनाउन सके ।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेकाे नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यसअघि ओमानकाे अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १/१ विकेट लिए ।

नेपालले समूहकाे आफ्नाे दाेस्राे खेल भाेलि (शनिबार) फिलिपिन्ससँग खेल्नेछ ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट