१४३ वर्ष पुरानो क्लबमा आगलागी

अन्तर्राष्ट्रिय समाचार 2022-01-15 22:16:5814228समाचार केन्द्रसमाचार केन्द्र

一家拥有 143 年历史的俱乐部发生火灾

भारतको सबैभन्दा पुरानो अर्थात् करिब १४३ वर्ष पुरानो क्लबमा भीषण आगलागी भएको छ। भारतको तिलंगना राज्यस्थित करिब १४३ वर्ष पुरानो सेकुन्देराबाद क्लबमा आइतबार बिहान आगलागि भएको हो।

आगलागीबाट सो भवन पूर्णरुपमा जलेको बताइएको छ। आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।सो आगलागिबाट करिब २० करोड भारु अर्थात् ३२ करोड नेपाली रुपैँया बराबरको भौतिक क्षती भएको भारतीय मिडियामा खबर छ। आगलागीको कारणबारे हालसम्म पत्ता नलागेको र त्यसको कारणबारे

अनुसन्धान भइरहेको बताइएको छ।

सो भवन भारतमा साम्राज्य चलाएका बेलायतीहरुले सन् १८७८ मा स्थापना गरेका थिए। करिब २२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो भवन हैदारावाद शहर विकास विभागले सम्पदा सुचीमा राखेको थियो।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट