एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1813805Nepal International NewNewsCenter

६ फागुन, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् ।

संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु ।’ एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।

कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।

 

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट