शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1713812Nepal International NewNewsCenter

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताए । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले अघि भने, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्‍यो । दुईमध्ये एक हुनसक्छ ।’

आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको उनले बताए । यत्रो ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताए ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट