मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
११ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरमा आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट उक्त संख्याका कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पसेको हो । आगलागीबाट विपतपुर मुक्त कमैया शिविरमा रहेका करीब ७१ वटा कच्ची घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको जोशीले जानकारी दिए ।
विपतपुर शिविरमा पुगेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीबाट ७० देखि ७३ घर जलेर पूर्ण रुपमा नष्ट भएको अनुमान गरिएको बताउँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त गर्न नसकिएको बताए ।
आगो निभाउन धनगढी उपमहानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि बेलुकासम्म पनि पूर्णरुपमा निभेको भने छैन ।
जोशीले शिविरमा भएको आगलागीबाट त्यहाँ बसोबास गर्दै आएका बालबालिका, वयस्क, वृद्धवृद्धा समेत गरेर विभिन्न उमेर समूहका करिब साढे तीन सय जना विस्थापित भएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा अस्थायी टेन्ट बनाएर विस्थापित भएकाहरुलाई राखिएको छ । कैलारी गाउँपालिकाको सहयोगमा खाना खुवाइएको छ ।
अर्को: शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो
सम्बन्धित पढाइ
- ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु
- शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो
- आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना
- २ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग
- कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य मापदण्ड शून्य
- भक्तपुरका ‘मछलीवाला’
- मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
- भक्तपुर नगरमा नवदुर्गा देवगणको ङालाकेगु जात्रा सुरु
- भरतपुर विमानस्थलबाट चाँदीका विभिन्न गरगहनासहित दुई पक्राउ
- सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन