भरतपुर विमानस्थलबाट चाँदीका विभिन्न गरगहनासहित दुई पक्राउ

नेपाल समाचार 2022-01-27 08:40:2613965नेपाल इन्टरनेशनल न्यूज नेटवर्कसमाचार केन्द्र

भरतपुर । चितवनमा चाँदीका विभिन्न गरगहनासहित दुई जना पक्राउ परेका छन् । भरतपुर विमानस्थलबाट चाँदीका गरगहनासहित उनीहरूलाई मङ्गलबार पक्राउ गरिएपनि आज मात्रै प्रहरीले घटना सार्वजनिक गरेको हो ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले कार्गोमार्फत काठमाडौँ पठाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साको वीरञ्गज महानगरपालिका–१५ बस्ने वर्ष ३० का ओमप्रकाश साह सोनार र बारा नरही–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने वर्ष ३२ का अजयकुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूले कपडाको झोलामा उक्त चाँदीका गरगहना काठमाडौँ पठाउन लागेका थिए । एक्स–रे मेसिनमा झोला राखेर जाँच गर्दा मेटलका चिजबस्तु रहेको पाइएपछि सो सामानलाई जाँच गर्दा चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहना फेला परेको थियो ।

उक्त गहना २४ किलो ९६० ग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै गरगहनासँग सम्बन्धित बिलसमेत शङ्कास्पद रहेका पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट