आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना

नेपाल समाचार 2022-01-19 21:16:3714005Nepal Newsसमाचार केन्द्र
  • राम गोपाल तमखु

भक्तपुर। दैनिक रुपमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरमा आजदेखि लागू हुने गरी मास्क नलगाउने ब्यक्तिहरुलाई जरिवाना गरिने भएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यलयले ‘तपाईको मास्क खोई ?’ अभियानअन्तर्गत आजदेखि मास्क नलगाउनलाई जरिवाना गर्ने नियम लागू भएको छ ।

प्रशासनले मास्क नलगाउनेलाई कारबाही गर्ने अन्तर्गत सार्वजनिक यातायतका साधनमा मास्क नलगाएको फेला पारे एक सय जरिवान गराउने नियम बनाएको छ । आज भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा नाकाबाट यो अभियान शुरु गरेको हो ।

सार्वजनिक सवारी साधन बसमा मास्क र सेनिटाइजर अनिवारय राख्नु पर्ने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । उनले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने र बसमा मास्क नलगाउने मान्छे भेट्यो भने बस चालकलाई १०० देखि ६०० रुपैयाँ सम्मको जरिवाना गराउने बताए ।

अभियानअन्तर्गत आजा दिउँसो साँगा, सुर्यविनायक चोक लगायत बिभिन्न स्थानमा चेक जाँच गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा आफै बसमा चढेर यात्रुहरुलाई मास्क लगाउन स्वास्थ्य प्रति सचेत रहन बताए । चालकलाई सिट भन्दा बढी यात्रु नराख्न र राखिएको भेटेमा ठाउँककाे ठाउँ जरिवानसहित कार्वाही गर्ने पनि बताए । आजको अभियानमा प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिस भक्तपुरका एसपी शिव कुमार श्रेष्ठ सहितको टोली उपस्थित थिायो ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट