सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

नेपाल समाचार 2022-01-19 21:19:5214256Nepal Newsसमाचार केन्द्र

५ माघ, काठमाडौं । कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले भने, ‘अर्थ मन्त्रालयको जोड कोभिड-१९बाट बच्दै अर्थतन्त्र चलायमान बनिरहनु पर्छ भन्ने नै हो, यसबारे आज हामीले निजी क्षेत्रलाई आफ्नो धारणा जानकारी गरायौं ।’

बैठकमा निजी क्षेत्रको विभिन्न पेश व्यवसायमा प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिलाई बोलाएर समस्याबारे टिपोट गर्ने काम भएको छ । यसले तत्काल रहेका समस्या समाधान गर्न र आगामी दिनमा चाल्नु पर्ने कदमबारे समेत सरकारलाई अपडेट प्राप्त भएको शाक्यले बताए ।

बैंक, बीमा, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, होटेलसहित अर्थतन्त्रका विभिन्न अवयवमा सरोकार राख्ने निजी क्षेत्रका प्रतिनिधि डाकेर अर्थले छलफल गरेको हो ।

छलफलमा कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने निष्कर्ष निकालिएको छ । यस क्रममा कोभिड १९ को नयाँ भेरियन्टबाट बच्न मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने निष्कर्षमा समेत छलफल भएको छ ।


टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट