रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:0113987Nepal International NewNewsCenter

६ फागुन,बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ ।

बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको हो ।

घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उद्धारपछि प्रहरीको संरक्षणमा रहेका बालबालिका र अभियुक्त पौडेललाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

सैनामैना–५ घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट