एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत
६ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’
उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन् । ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीट सन्देशमा उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
अर्को: अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
सम्बन्धित पढाइ
- विराटनगर : सीमा नाकामा आवतजावत गर्नेलाई अनिवार्य खोपकार्ड
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
- इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
- एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
- कुरा मिलेन भने गठबन्धन चल्दैन : गगन थापा
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार
- प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी