पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:3613823Nepal International NewNewsCenter

६ फागुन, वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट  एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार हुलाकी सडक अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएको थियो ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट