दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:3914156Nepal International NewNewsCenter

६ फागुन, काठमाडौं । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।

शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।

दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको उनले बताए । अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।

गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो । जस अनुसार कलाकारको टोलीमा पनि कलाकारका सञ्चालक लगायत केही व्यक्ति मात्रै जान पाउने व्यवस्था छ । तर उक्त व्यवस्था विपरीत ठूलो स‌ंख्यामा कलाकारहरू जाने तयारी गरेकाले मापदण्ड विपरीत जान लागेका कलाकारलाई फर्काइएको उपाध्यायले बताए । उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए ।

यस्तो छ गृह मन्त्रालयले माघ ९ मा जारी गरेको सूचना 

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट