बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:4013806Nepal International NewNewsCenter

७ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका- घर भई काठमाडौं महानगरपालिका–२६ बस्दै आएका ४३ वर्षीय रमेशबहादुर पाठकलाई शुक्रबार अपराध महाशाखाको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको महाशाखाले जनाएको छ ।

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट